१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

राप्रपाका केन्द्रीय सदस्य पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिमा

राप्रपाका केन्द्रीय सदस्य पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिमा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ । विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक संस्थान, निकाय वा संस्थामा कार्यरत व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भण्डारीले सो कानुनी प्रावधानविपरीत पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति सदस्यका रूपमा काम गर्दा पनि उनीमाथि कारबाही भएको छैन । तीन वर्षअघि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको सदस्यमा नियुक्त भएका उनलाई राप्रपाले गत २९ जेठमा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । पार्टीले केन्द्रीय सदस्यमा नियुक्त गर्दा पनि भण्डारीले पुनर्निर्माण प्राधिकरणबाट राजीनामा दिएका छैनन् । पार्टीको केन्द्रीय सदस्य बनेका उनी प्राधिकरणको विभिन्न बैठकमा सहभागी भइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले डा. भण्डारीलाई गत २९ जेठमा सम्पादन समिति सदस्यका रूपमा नियुक्त गरिएको पुष्टि गरे । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. भण्डारीले भने आफू पार्टीमा नरहेको दाबी गरे । ‘म पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीमा भए पनि अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मात्र रहेको छु,’ भण्डारीले भने । प्राधिकरण जस्तो महत्वपूर्ण निकायलाई राजनीतिक थलोका रूपमा विकास गरिँदा उत्कृष्ट काम गर्न नसकेको आरोप प्राधिकरणमाथि लाग्दै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको निकाय हो । प्राधिकरणका कार्यकारी सदस्य भण्डारी राप्रपाका केन्द्रीय सदस्यमा नियुक्त भएपछि उनीमाथि प्रधानमन्त्री कार्यालयबाटै छानबिन हुनुपर्ने माग उठेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले प्राधिकरणमा रहेका कार्यकारी सदस्यहरु कुनै पनि पार्टीको केन्द्रीय सदस्यमा रहने कार्य गैरकानुनी हुने बताए । उनका बारेमा आवश्यक छानबिन भइरहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए ।

संवैधानिक अंगमा नियुक्ति हुने व्यक्ति पनि राजनीतिक दलको सदस्य भएको हुन नहुने र उच्च नैतिकवान् हुनुपर्ने संवैधानिक प्रावधान छ । नैतिकताको हिसाबले पनि सरकारी तलब भत्ता लिएर पार्टीको गतिविधि सञ्चालन गर्नुहुँदैन । तर, डा. भण्डारीले भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेकै बेला पार्टीको केन्द्रीय सदस्यमा नियुक्ति भई पार्टी गतिविधिमा संलग्न हुन थालेका हुन् । राजधानी दैनिक