२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कपमा पुग्न आज नेपालले उज्वेकिस्तानलाई हराउनैपर्ने



अ+ अ-

काठमाडौं । एएफसी महिला एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ ।

उज्वेकिस्तानको तास्केन्तमा आज राति सवा ९ बजे नेपाल र उज्वेकिस्तान आमने–सामने हुँदैछन् । यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ । खेल जिते नेपाल एएफसी महिला कपमा पुग्नेछ ।

जारी प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

साबित्रा भण्डारी साम्बाको कप्तानीमा भएको नेपाली टोलीले अघिल्लो दुई खेलमा लाओसलाई ९ र श्रीलंकाविरूद्ध ८ गोल गर्‍यो।

समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकालेको छ । उसले पहिलो खेलमा श्रीलंकालाई १०–० गोलले हराउँदा बुधबार लाओसलाई ७–० गोलले हरायो ।

यस्तोमा समूहमा नेपाल र उज्वेकिस्तान दुवैले ६–६ अंक जोडेका छन् । दुवैले १७–१७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन् ।

समूहबाट एक टोलीमात्र एसियन कपमा पुग्ने भएकाले आगामी शनिबार नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच हुने खेल निर्णायक हुनेछ । सो खेल राति सवा नौ बजे हुनेछ।

दुवै टोलीको जित र गोलअन्तरको स्थिति समान छ । त्यसैले शनिबारको खेल बराबरीमा सकिएमा खेल पेनाल्टीमा पुग्ने एएफसीको नियम छ । किनभने हेड टु हेड, गोल अन्तर र धेरै गोल गरेको अवस्था सबैमा नेपाल र उज्वेकिस्तान बराबरीमा छन् ।

फिफा वरीयताको आधारमा हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो । उज्वेकिस्तानको महिला टोली फिफा वरीयतामा ५१ औं स्थानमा छ । नेपाल भने १००औं स्थानमा छ ।

हेड टु हेडमा पनि उज्वेकिस्तान अघि छ । उसले नेपालसँग खेलेका तीनै खेलमा जित निकालेको थियो। नेपालविरूद्ध उज्वेकिस्तानले ११ गोल गरेको छ । नेपालले भने ३ गोल मात्र गर्न सकेको छ ।

यसपटक घरेलु मैदानको फाइदा हुने उज्वेकिस्तान एसियन कप खेलिसकेको टोली हो । उसले ५ पटक एसियन कप खेलिसकेको छ। सन् २००३ पछि भने उसले एसियन कप खेल्न सकेको छैन। त्यसो त उज्वेकिस्तान २०२९ महिला एसियन कपको आयोजक समेत हो ।