१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सीडीओले लिन नमानेपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

सीडीओले लिन नमानेपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
अ अ+ अ-

सीडीओले ध्यानाकर्षणपत्र लिन नमानेपछि नेपाली कांग्रेस इलामले इमेलमार्फत प्रधानमन्त्रीलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ । ध्यानकर्षणपत्रमा विदेशबाट फर्किन चाहनेलाई सहुलियत खर्चमा नेपाल ल्याउनुपर्ने, कोभिड–१९ नियन्त्रणमा सरकारले गरेको खर्चमा व्यापक अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण, व्यवस्थित क्वारेन्टाइन, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, १० अर्बको हिसाबकिताब सार्वजनिक गर्नुपर्नेलगायतका माग राखेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षणपत्र बुझाउन गएको कांग्रेसको ध्यानकर्षणपत्र प्रमुख जिल्ला अधिकारीले लिन अस्वीकार गरेपछि कांग्रेसले प्रशासन परिसरमै सीडीओविरुद्ध नाराबाजी गरेको थियो । उनीहरूले सीडीओ इलाम मुर्दावाद, गृह प्रशासन मुर्दावाद जस्ता नारा लगाएका थिए ।

नेपाली कांग्रेसले मंगलबार देशका ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार कांग्रेस इलामले पनि १६ बुँदे माग राखेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जिप्रका गएको थियो । पार्टीका पूर्वजिल्ला सभापति केशव थापासहित कांग्रेसका जिल्लास्तरका नेता तथा कार्यकर्ता, भ्रातृ संस्थाका प्रमुख प्रतिनिधिसहितको टोली प्रशासन पुगेको थियो । प्रशासनमा ध्यानकर्षणपत्र बुझाउन गएको टोली प्रशासन गेटबाहिर करिब १ घन्टासम्म उभिनुपरेको थियो । १ घन्टासम्म पनि सीडीओ तुलसीराम सेढाइँले ध्यानकर्षणपत्र बुझ्न नआएपछि कांग्रेसका नेता–कार्यकर्ता आक्रोशित बनेका थिए ।

उनीहरूले प्रशासनको गेटबाहिर आएर ध्यानकर्षणपत्र नबुझे पनि कमसेकम सभाहलमा आएर बुझिदिन आग्रह गर्दासमेत सीडीओले ध्यानकर्षणपत्र बुझ्न अस्वीकार गरेपछि सीडीओविरुद्ध नाराबाजी गर्नुपरेको कांग्रेस इलामका सचिव खगेन्द्र देवानले बताए । नेपाल समाचारपत्र दैनिक