१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कर्णाली करिडोरमा धमाधम काम हुँदै

कर्णाली करिडोरमा धमाधम काम हुँदै
अ अ+ अ-

सिमकोट । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको छ । बन्दाबन्दीको लामो समयका बीच पनि कर्णाली करिडोरको सडकको कामले निरन्तरता पाउँदै आएको छ । स्थानीय कामदार र नेपाली सेनाका २०६ जना गरी ५५६ जना कामदारले हुम्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि सलिसल्लासम्म काम तीव्र रूपमा गरिरहेका छन् । खुलालु, लैफु, कवाडी हुँदै सलिसल्ला सडक निर्माण आयोजनाका योजना प्रमुख मिलन कार्कीका अनुसार करिडोरमा कामदारले पुल निर्माण गर्नेदेखि भीर फुटाउने, विस्फोटन गर्ने र ग्याबिन भर्ने काम भइरहेको छ ।

हाल नेपाली सेनाले निर्माण कार्य अगाडि बढाएको खण्डमा नयाँ कामदार नलिएर बन्दाबन्दी अगाडि काममा प्रयोग हुँदै आएका कामदारलाई नै सामाजिक दूरी कायम गरेर सुरक्षासहितको विधि अपनाएर काम भइरहेको छ । प्राथमिक उपचार विधि, औषधि र कामदारको बिमासमेत गरिएको छ । सर्केगार्ड गाउँपालिकाको तुम्चदेखि सलिसल्ला खण्डको सबै भागमा कामदार खटाएर सडक निर्माण गर्ने काम भइरहेकाले असार मसान्तसम्म प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाको रहेको छ ।

हुम्ला खण्डको कवाडी खोलादेखि सलिसल्लासम्मको ६१ किलोमिटर दूरी रहेको छ । जसको अधिकांश भागमा सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको छ । अब सात किलोमिटर असजिलो र चट्टानी भागमा काम तीव्र भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाको लक्ष्य आगामी असार मसान्तसम्म हुम्ला खण्डको ६१ किलोमिटर सडकको प्रारम्भिक ट्रयाक खोल्ने रहेको छ । आगामी मङ्सिर महिनासम्म उक्त खण्डको विस्तारको काम सकेर सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गोरखापत्र दैनिक