२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । 

भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको   जानकारी अनुसार २४ घण्टामा  ३८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार ९०३ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् ।  

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ५५ हजार २२७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ८६ हजार ३९५ जना संक्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको संख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ । 

भारतमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १३ हजार ४४५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कुल ५० हजार ५७ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार ८५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् ।  राजधानी रहेको दिल्ली प्रदेशमा ४४ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।