१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलौराकोटलाई विश्व सम्पदा सूचिमा समावेश गर्ने प्रक्रियाका लागि पेरिस जाँदै पर्यटनमन्त्री



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताउनु भयो ।

उहाँले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न विगन लामो समयदेखि पहल गरिरहेको बताउनु भयो । २१ वटा देश सम्मिलित कमिटीमा कमिटीको बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । त्यसमा एशियाबाट भारत, कतार, जापान, कोरिया लगायतका देशहरु रहेको मन्त्री पाण्डेले बताउनु भयो । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था रहेको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नेगरी हाम्रो एजेण्डा छ । वल्र्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ । हामी १० वर्ष यता त्यो प्रयासमा छाँै । त्यसमा पनि थुप्रै जटिलताहरु छन् । कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्ने । २१ वटा देश सम्मिलित कमिटी छ ।  त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ । त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एशियन देशहरु छन् । अरु देशहरु पनि छन् । त्यसमा हामी धेरै वर्षदेखि साधन श्रोत पनि धेरै लागिसकेको अध्ययन पनि धेरै भइसकेको छ । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था छ ।’

आफू त्यसका लागि ७ तारिकदेखि पेरिस जान लागेको बताउनु भयो ।