१२ श्रावण २०८३, मंगलवार
,
Latest
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै



अ+ अ-

वाग्मती। सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।

प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रदेश सरकारले आगामी आवका निम्ति रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत प्रस्ताव गरेको छ । रासस