१२ श्रावण २०८३, मंगलवार
,
Latest
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला



अ+ अ-

कैलाली। बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गर्नुभएको छ ।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गर्नुभएको हो । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उहाँले व्यवसाय विस्तार गर्नुभयो ।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताउनुभयो । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उहाँ सुझाउनुहुन्छ । सहकारीको सहयोगको पनि उहाँले सराहना गर्नुभयो ।