२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएको समयमै सम्पन्न हुन्छन् : मन्त्री नेम्वाङ

राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएको समयमै सम्पन्न हुन्छन् : मन्त्री नेम्वाङ
अ अ+ अ-

काठमाडौं । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ बुधबार सम्बन्धित मन्त्रीहरुले दिएका हुन् । 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै वर्तमान परिस्थितलाई मध्यनजर गर्दै गत वर्षको तुलनामा बजेट कम भएपनि क्रमांगत योजनाहरुलाई निरन्तरता दिइएको बताउनुभो । 

गतवर्षभन्दा आगामी आर्थिक वर्षका लागि २२ अर्व कम रकम विनियोजन भएपनि राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएको समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाउनुभयो । महाकाली करिडोरका काम चाँडो सम्पन्न गर्न गतवर्ष जतिकै बजेट विनियोजन गरिएको र सरकारले तिंकर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको बाउनुभयो । देशको बजेटको अवस्था, निर्माण व्यवसायीको योग्यता र क्षमताले वर्षदिनमा बढीमा तीनसय भन्दा बढी पुलहरु निर्माण गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले आफ्नो क्षेत्रमा योजना परेन भनेर चित्त नदुखाउन उहाँले आग्रह गर्नुभयो । 

आगामी आर्थिक वर्षमा विजेट विनियोजन गर्दा समानुपातिक वितरण प्रणालीलाई ध्यान दिने उहाँले बताउनुभयो । मन्त्री नेम्वाङले हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग लगायतका ८० वटा राजमार्गहरु विस. २०७९/०८० सम्म सम्पन्न गर्ने गरी निरन्तरता दिइएको उहाँले बताउनुभयो । त्रिदेशिय महत्व राख्ने सडकहरु निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

पूर्व पश्चिम राजमार्गलाई कम्तिमा ४ लेनको स्तरोन्नती गर्नेगरी काम अघि बढाइएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षबाट नेपाली झण्डा फहराएर जयनगर जनकपुर रेल चलाउने योजना रहेको उल्लेख गर्दै उहाँले काँकडभित्ता देखि गड्डचौकीसम्म विद्युतिय रेलमार्ग अपरिहार्य रहेको बताउनुभयो ।