२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएको समयमै सम्पन्न हुन्छन् : मन्त्री नेम्वाङ



अ+ अ-

काठमाडौं । विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ बुधबार सम्बन्धित मन्त्रीहरुले दिएका हुन् । 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै वर्तमान परिस्थितलाई मध्यनजर गर्दै गत वर्षको तुलनामा बजेट कम भएपनि क्रमांगत योजनाहरुलाई निरन्तरता दिइएको बताउनुभो । 

गतवर्षभन्दा आगामी आर्थिक वर्षका लागि २२ अर्व कम रकम विनियोजन भएपनि राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएको समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाउनुभयो । महाकाली करिडोरका काम चाँडो सम्पन्न गर्न गतवर्ष जतिकै बजेट विनियोजन गरिएको र सरकारले तिंकर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको बाउनुभयो । देशको बजेटको अवस्था, निर्माण व्यवसायीको योग्यता र क्षमताले वर्षदिनमा बढीमा तीनसय भन्दा बढी पुलहरु निर्माण गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले आफ्नो क्षेत्रमा योजना परेन भनेर चित्त नदुखाउन उहाँले आग्रह गर्नुभयो । 

आगामी आर्थिक वर्षमा विजेट विनियोजन गर्दा समानुपातिक वितरण प्रणालीलाई ध्यान दिने उहाँले बताउनुभयो । मन्त्री नेम्वाङले हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग लगायतका ८० वटा राजमार्गहरु विस. २०७९/०८० सम्म सम्पन्न गर्ने गरी निरन्तरता दिइएको उहाँले बताउनुभयो । त्रिदेशिय महत्व राख्ने सडकहरु निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

पूर्व पश्चिम राजमार्गलाई कम्तिमा ४ लेनको स्तरोन्नती गर्नेगरी काम अघि बढाइएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षबाट नेपाली झण्डा फहराएर जयनगर जनकपुर रेल चलाउने योजना रहेको उल्लेख गर्दै उहाँले काँकडभित्ता देखि गड्डचौकीसम्म विद्युतिय रेलमार्ग अपरिहार्य रहेको बताउनुभयो ।