१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भारत–चीनबीच आरोप प्रत्यारोप सुरु

भारत–चीनबीच आरोप प्रत्यारोप सुरु
अ अ+ अ-

काठमाडौं । भारत र चीनको लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको नियन्त्रण रेखा (एलएसी)मा भएको दुई पक्षबीचको भिडन्तपछि तनाव झनै उत्कर्षमा पुगेको छ । भारत र चीनले सीमारेखा क्रस गरेको विषयमा आआफ्नै दाबी प्रस्तुत गरेका छन् । भारत र चीनको सीमारेखामा ४५ वर्षपछि दुई देशका सेनाबीच भएको भिडन्तमा २० भारतीय सेना मारिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिदानको मूल्य खेर नजाने चेतावनी दिएका छन् । ‘वीरता हाम्रो देशको चरित्रको हिस्सा हो । भारत आफ्नो देशको सम्प्रभुताको रक्षा गर्न सक्षम छ । यसमा कुनै पनि देशलाई भ्रम नहोस्,’ मोदीले भने, ‘हामी शान्ति चाहन्छौं तर कसैले हामीलाई उक्साउँछ भने त्यसको जवाफ दिन पनि सक्षम छौं ।’ उनले चीनसँगको मतभेदलाई विवादमा नबदल्न सधैं प्रयास गरेको बताए ।

‘समय आएपछि देशको सम्प्रभुताको रक्षा गर्न हामीले आफ्नो क्षमता प्रस्तुत गर्यौं,’ उनले भने, ‘भारतको सम्प्रभुता हाम्रा लागि सर्वोच्च छ । त्यसको रक्षा गर्न हामीलाई कसैले रोक्न सक्दैन । म देशवासीलाई भरोसा दिलाउन चाहन्छु– हाम्रा जवानको बलिदान व्यर्थ जाँदैन ।’ चीनको विदेश मन्त्रालयले लद्दाखको पूर्वी क्षेत्रको गलवान उपत्यकासँग जोडिएको वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा भएको भिडन्तमा आफ्नो कुनै भूमिका नरहेको बताएको छ । भारतका तर्फबाट एलएसी नाघ्ने काम भएको र उक्साइएकाले नै चिनियाँ आर्मीले प्रतिकार गरेको चीनको विदेश मन्त्रालयले दाबी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘यसमा सही र गलत स्पष्ट छ । यो घटना एलएसीको चीनतर्फको भागमा भएको हो, सोही कारण चीनलाई दोष दिन मिल्दैन,’ उनले भनेका छन्, ‘गलवान उपत्यकाको सम्प्रभुता सदा चीनसँग रहेको छ । भारतीय सैनिकले सीमा नियम र कमान्डर तहमा भएको वार्ताको सहमति गम्भीर रूपमा उल्लंघन गरेका हुन् ।’

प्रवक्ता झाओले चीन सो क्षेत्रमा युद्ध नभई शान्तिको पक्षमा रहेको बताए । दुवै देशबीच कूटनीतिक र राजनीतिक तहमा वार्ता भइरहेको उनले बताएका छन् । लद्दाख क्षेत्रमा हिंसात्मक झडपपछि दुई देशका विदेशमन्त्रीले बुधबार टेलिफोन वार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार भारतका विदेशमन्त्री एस जयंशकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार उक्त वार्ता भएको जनाएको छ । कुराकानी क्रममा दुई विदेशमन्त्रीले सीमामा भइरहेको तनावबारे छलफल गरेका थिए । ‘विदेशमन्त्री यीले समकक्षी जयशंकरलाई सोमबारको घटनामा अनुसन्धान गर्न, त्यसका जिम्मेवारहरूलाई कारबाही गर्न र उक्त क्षेत्रमा चिनियाँ सैनिकलाई उत्तेजित पार्ने गतिविधि रोक्न भने,’ ग्लोबल टाइम्सले लेखेको छ ।

दुवै विदेशमन्त्रीले गल्वान उपत्यकामा उत्पन्न गम्भीर अवस्थालाई न्यायोचित रूपमा व्यवस्थापन गर्ने बताएका छन् । टेलिफोन कुराकानीमा विदेशमन्त्री जयशंकरले भारतीयले घटनाप्रति विरोध जनाउँदै हिंसात्मक झडप हुनुमा चीनको सुनियोजित र योजनाबद्ध कदम जिम्मेवार रहेको बताएका थिए । तर चीनले भने आफ्नो पक्षबाट गल्ती नभएको दाबी गर्दै आइरहेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘भारत सरकारले १५ जुन २०२० को हिंसात्मक झडपको घटनाप्रति कडा विरोध जनाएको छ । साथै विदेशमन्त्रीले ६ जुनमा सैन्य अधिकारीहरूबीचको बैठकमा दुवै पक्षबीच लाइन अफ कन्ट्रोल (एलएसी)मा तनाव कम गर्न र आमुन्नेसामुन्ने नहुने सहमति पनि स्मरण गराउनुभयो,’ विज्ञप्तिमा भनिएको छ । त्यसका बाबजुद चिनियाँ पक्षले एलओसीको भारतीय भूभागमा संरचना निर्माण गर्नु नै झडपको कारण बनेको पनि भारतले जनाएको छ ।

‘चिनियाँ पक्षको सुनियोजित र योजनाबद्ध कदम नै हिंसात्मक झडपका लागि जिम्मेवार छ र यसले सीमाको तथ्यलाई फेर्ने नियत देखिनुका साथै यथास्थिति कायम राख्ने दुई देशबीचको सबै सम्झौताको उल्लंघनसमेत भएको छ,’ विदेशमन्त्री जयशंकरलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । राजधानी दैनिक