२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी
अ अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाउनु भएको छ । 

बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमती समेतका विविध गतिविधिका बारेमा लेखिएको छ । उक्त पुस्तकको केही अंश अमेरिकी अखबारहरुमा प्रकाशन भएका छन् ।

पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा आफू विजयी हुनेतर्फ लक्षित गर्नु भएको जिकिर गरिएको छ । 

अमेरिकी अखबार दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र वालस्ट्रिट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले चिनियाँ मानव अधिकार दुव्र्यवहारका घटनालाई ट्रम्पले पटकपटक बेवास्ता गर्नु भएको आरोप लगाउनु भएको छ । 

बोल्टनले भन्नुभएको छ, “मेरो ह्वाइट हाउसको कार्यकालको अवधिमा ट्रम्पका निर्णय प्रक्रियाहरु सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा बढी केन्द्रित हुने गरेका थिए, र त्यसका लागि ममाथि दबाब थियो ।” गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पमाथि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडेनमाथि युक्रेनको सहयोग लिएर हिलो छ्याप्न खोजेको भन्दै अमेरिकी संसदमा महाभियोग समेत दर्ता भएको थियो । 

गत जुनमा चिनियाँ राष्ट्रपति सीसँगको एउटा महत्वपूर्ण बैठकमा ट्रम्पले चीन–अमेरिका आर्थिक साझेदारीको विषयमा आफ्नो निर्वाचनले धेरै फरक पार्ने भन्दै चुनावमा सीको समर्थन लिन खोज्नु भएको बोल्टनले दाबी गर्नु भएको छ । 

बोल्टनले राष्ट्रपति ट्रम्पले अमेरिकी किसानको औचित्य र महत्वमाथि जोड दिँदै चीनबाट सोयाबिन र गहुँको खरिदले अमेरिकी मतदातामा सकारात्मक असर पार्ने सोच्नु भएको बताउनुभयो । 

बोल्टनले भन्नुभएको छ, “म ट्रम्पका हरेक शब्द छाप्न सक्थें तर सरकारको पूर्व प्रकाशन पुनरावलोकन प्रक्रियाले मलाई सम्पूर्ण कुरा बाहिर ल्याउन कठिन बनाएको छ ।” 

ट्रम्प प्रशासनका तर्फबाट अमेरिकी न्याय विभागले बोल्टनको पुस्तकको तत्काल प्रकाशन रोक्ने उद्देश्यले अदालतमा मुद्दा दायर गरेको छ । विभागले बोल्टनको पुस्तक अमेरिकी सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने दाबी गरेको छ ।