२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध



अ+ अ-

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । 

चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ६ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ चार किलोमा पहिरो खस्दा बुधबार बिहान करिब साढे ३ बजेबाट सडक अवरुद्ध भएको हो । सडक विस्तारको क्रममा उच्च जोखियुक्त क्षेत्र निर्धारण भएको उक्त क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको थियो । 

पहिरो रोकथामको काम भइरहेको स्थानमा नै पहिरो खसेर सडक नै अवरुद्ध भएको हो । पहिरोले गर्दा पहिरो रोकथामको लागि जडान तयार गरिएको स्काफफोल्फिङ समेत भत्काएको ईन्जिनियर शिव खनालले बताउनुभयो । सडक अवरुद्ध हुदाँ सयौं मालबाहक तथा निजी सवारीसाधन अलपत्र परेका छन् । लोडर लगायतको तिनवटा मेसिन प्रयोग गरेर पहिरो हटाउने प्रयास भएपनि अहिलेसम्म सडक सुचारु हुन सकेको छैन । पहिरो ठूलो भएकाले पहिरो हटाउन समय लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।