२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्छ : संसदीय दलका नेता शर्मा

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्छ : संसदीय दलका नेता शर्मा
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।  

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताउनुभएको हो । उहाँले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताउनुभयो । उहाँले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताउनुभयो । उहाँले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौंमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्भभौंमिकताको सन्दर्भमा नेपाली जनता एक ठाउँमा छन एक ढिक्का छन भन्ने सन्देश राष्ट्रिय रुपमा र अन्तर्राष्ट्रिय रुपमा यसले दिएको छ । यो निरन्तर कायम रहने छ । हाम्रो राष्ट्रिय एकता निरन्तररुपमा कायम रहने छ । मैले विश्वास लिएको छ्ु ।’

भारत नेपालको असल मित्र भएको र भरतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताउनुभयो । उहाँले भरतले नेपालसँग जोलिबेटी र डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काकडा समेत फिर्ता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरुको हो तपाईहरुको मुटु काटेर यता तिर मिसिएको छ असल भित्र त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडा सम्मको जमिन तपाइहरुले लिनुस भनेर चेलिबेटीको नाताहो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ । यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ । र काकडा सम्मको भूमि फिर्ता गरिदिनुपर्छ ।’

१८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पस्ट पार्दै नेपाले सम्झौतलाई बाध्य भएर मान्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘१८१६ मा भएको सुगौली सन्धिको धारा ५ मा स्पस्ट रुपमा त्यो पनि शर्तमा पाँच नम्बर बुुँदामा अहिले पनि त्यो ५ नम्बर बुँदा ज्युदै छ । त्यो पाँच नम्बर बुँदामा महाकालि पश्चिम नेपाल नआउने भनेको छ । महाकालि नदि साझा नदि हो भनेर हामीले एकपटक २०५२÷५३ मा नारा लगायौं सडकमा । महाकाली नदि साझा नदी होइन महाकाली नदी नेपालको हो । त्यो सन्धिको मर्म अहिले पनि हामी सबैले पढन सक्छौं  हेर्न सक्छौं । सुगौलि सन्धिको ५ नम्बर बुँदाले महाकाली पश्चिमको भूभागमा नेपाल नआउने मेचि पूर्वको भूभागमा नेपाल नजाने । त्यो बेला हामीले नेपालको एक तिहाई भूभाग गुमाएका छौं । १ हजार ८ सय वर्ग किलोमिटर हाम्रो भूभाग अंग्रेज साम्रज्यवादले लुटेर लगेको छ । त्यसकारणले त्यो भूभाग हाम्रो लुटेर लगेको छ ।’