२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक : अधिकारी

भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक : अधिकारी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।  

नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा उहाँले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताउनुभयो । भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडी हट्न नसकिने बताइरहँदा नेपालको संसदले पनि आफ्नो नक्सा पारित गरेपछि वार्ताको समान हैसियतमा पुगिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारत भन्छ हाम्रो संसदले पारित गरेको नक्साबाट हामी फर्कन सक्दैनौँ । किन भने हाम्रो संसदले अनुमोदन गरेको छ । यदि हामीले आज यो नक्सा बनाएनौँ भने स्टाटसको एन्टी कसरी हुन्छ ? पूर्वाअवस्थामा वार्तामा बस्दा तिम्रो पनि संसदले नक्सा पास गरेको छ, हाम्रो पनि संसदले नक्सा पास गरेको छ भन्न पनि यो जरुरी भयो । फेरी पनि कुरा गर्न प¥यो नी भन्न स्टाटसको एन्टीमा पु¥याउन पनि यो जरुरी भयो ।’’

अधिकारीले आज संसदबाट नक्सा पास गरी भोली कालापानीमा गएर लड्ने नभई वार्ताबाट नै सबै समस्या समाधान गरिने बताउनुभयो । नेपालको मुल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको नागरिक शासन लागु गर्नुभएको उहाँले बताउनुभयो ।

उहाँले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संमयमता अपनाउन गरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बोलीमा किन तिक्ता ल्याउने ? यो आवश्यक छैन् । असंमयमित भाषा, टिप्पणी गर्नु नेपालको स्वभाव पनि होइन् र यो विवादलाई अब स्थानीयकरण गरौँ । बाँकी अरु कुराहरुमा नेपाल भारतको मित्रतालाई अगाडी बढाउने हो ।’’