२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

भारतले ‘बडे भाइ’को दम्ब त्यागेपछि मात्र दुई देशको सम्बन्ध सुमधुर हुन्छ : भट्टराई

भारतले ‘बडे भाइ’को दम्ब त्यागेपछि मात्र दुई देशको सम्बन्ध सुमधुर हुन्छ : भट्टराई
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्ब त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताउनुभएको छ । 

२१ औं सताब्दीमा पनि भारतले बल्लभ भाइ पटेको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उहाँले बताउनुभयो । नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउन नेपाल भारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन । उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडे भाइको दम्ब त्याग्नुपर्छ । यो त्यग्नैपर्छ नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन ।’’

उहाँले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औं सताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गर्नुभयो ।

राष्ट्रियसभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उहाँले महाकाली सन्धीमा उल्लेख भएका कतिपय कुराहरुको गलत अर्थ लगाइएको बताउनुभयो । अधिकांश महाकाली नदी सीमा नदि हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उहाँले बताउनुभयो । महाकाली पारि पनि नेपाली भूमि दोधारा चाँदनी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘महाकाली नदी सम्पूर्ण सीमानदी हो भन्न सक्ने अवस्था नेपालको छैन् । महाकाली पारी पनि दोधारा चाँदनी छन् । त्यो हाम्रो होइन भन्न सक्छौँ ? सक्दैनौ भने महाकाली सन्धीमा अधिकांश भूभाग सीमा नदी हो भनेको कुरा गलत ढंगले भनेको भनेर सोच्नु हुँदैन् ।’’

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आएको उहाँले बताउनुभयो । वार्ताका लागि पटक पटक आग्रह गर्दापनि विवादीत क्षेत्रमा आफै सडक उद्घाटन गर्ने अनी सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उहाँले बताउनुभयो । ‘‘सीमा समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि भारतबाट बेवास्त ग¥यो । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’’, उहाँले भन्नुभयो ।

उहाँले सबै असमान सन्धी सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताउनुभयो ।