२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहनलाई गगनको जबाफ: फोहोर चलाएर म फोहोरी बन्न चाहन्न



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएकोआरोपलाई फोहोरको संज्ञा दिनुभएको छ ।

आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता मोहन बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाले गर्दा आफूमाथि अख्तियार लागेको आरोप लगाउनु भएको थियो । नेता बस्नेतले महामन्त्री थापा आफूविरुद्ध खुलेरै लागेको आरोप लगाउनु भएको थियो ।

केन्द्रीय समितिको बैठकमा बस्नेतले भन्नुभयो ‘गगन थापा टेरामक्स प्रकरणमा म विरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो।’
बस्नेताको आरोप बारे महामन्त्री थापाले भन्नुभयो फोहोर चलाएर म फोहोरी बन्न चाहन्न। थापाले आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काउनु भएको छ ।

थापाले भन्नुभयो ‘बाले भन्नुहुन्थ्यो–कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नुहुन्थ्यो-फोहोर नचलाउनु, फोहोर चलाए आफैँ फोहोरी भइन्छ,आज म आमाको कुरा सुन्छु।’

यो पनि पढ्नुहोस- महामन्त्री गगनविरुद्ध मोहन बस्नेतको आक्रोश, आफूविरुद्ध थापा खुलेर लागेको आरोप

थापाले आफ्नो अनुपस्थिति रहेका बेला बैठकमा धम्कीपूर्णर अभद्र व्यवहार देखाउने प्रवृत्ति देखाएको भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’