काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाले गर्दा आफूमाथि अख्तियार लागेको आरोप लगाउनु भएको छ ।
आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता बस्नेतले महामन्त्री थापा आफूविरुद्ध खुलेरै लागेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो ‘गगन थापा टेरामक्स प्रकरणमा म विरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्मै पनि लाग्नुभयो।’
ढिलोचाडो सबैको पालो आउने बताउँदै बस्नेतले ‘तपाईँ कहाँ जानुहुन्छ रु’ भन्दै महामन्त्री थापालाई प्रश्न गर्नुभयो । उहाँले पार्टीमा सग्लो र चोखिनेवाला कोही पनि नरहेको बताउनु भयो ।
अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा विशेष अदालतमा दायर गरेको छ । बस्नेत विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा २५ लाख धरौटीमा रिहा हुनु भएको हो ।










