८ भाद्र २०८३, सोमबार
,
Latest
रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री गगनविरुद्ध मोहन बस्नेतको आक्रोश, आफूविरुद्ध थापा खुलेर लागेको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाले गर्दा आफूमाथि अख्तियार लागेको आरोप लगाउनु भएको छ ।

आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता बस्नेतले महामन्त्री थापा आफूविरुद्ध खुलेरै लागेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो ‘गगन थापा टेरामक्स प्रकरणमा म विरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो।’

ढिलोचाडो सबैको पालो आउने बताउँदै बस्नेतले ‘तपाईँ कहाँ जानुहुन्छ रु’ भन्दै महामन्त्री थापालाई प्रश्न गर्नुभयो । उहाँले पार्टीमा सग्लो र चोखिनेवाला कोही पनि नरहेको बताउनु भयो ।

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा विशेष अदालतमा दायर गरेको छ । बस्नेत विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा २५ लाख धरौटीमा रिहा हुनु भएको हो ।

 




भर्खरै