१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहनलाई गगनको जबाफ: फोहोर चलाएर म फोहोरी बन्न चाहन्न



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएकोआरोपलाई फोहोरको संज्ञा दिनुभएको छ ।

आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता मोहन बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाले गर्दा आफूमाथि अख्तियार लागेको आरोप लगाउनु भएको थियो । नेता बस्नेतले महामन्त्री थापा आफूविरुद्ध खुलेरै लागेको आरोप लगाउनु भएको थियो ।

केन्द्रीय समितिको बैठकमा बस्नेतले भन्नुभयो ‘गगन थापा टेरामक्स प्रकरणमा म विरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो।’
बस्नेताको आरोप बारे महामन्त्री थापाले भन्नुभयो फोहोर चलाएर म फोहोरी बन्न चाहन्न। थापाले आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काउनु भएको छ ।

थापाले भन्नुभयो ‘बाले भन्नुहुन्थ्यो–कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नुहुन्थ्यो-फोहोर नचलाउनु, फोहोर चलाए आफैँ फोहोरी भइन्छ,आज म आमाको कुरा सुन्छु।’

यो पनि पढ्नुहोस- महामन्त्री गगनविरुद्ध मोहन बस्नेतको आक्रोश, आफूविरुद्ध थापा खुलेर लागेको आरोप

थापाले आफ्नो अनुपस्थिति रहेका बेला बैठकमा धम्कीपूर्णर अभद्र व्यवहार देखाउने प्रवृत्ति देखाएको भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’