२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता, साम्बाको ह्याट्रिक



अ+ अ-

काठमाडौँ । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो हाफ सकिँदा नेपालले चार गोलको अग्रता बनाएको छ ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् । यस्तै गीता रानाले १ गोल थपिन् ।

यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो ।