काठमाडौँ । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
पहिलो हाफ सकिँदा नेपालले चार गोलको अग्रता बनाएको छ ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी छन् । यस्तै गीता रानाले १ गोल थपिन् ।
यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो ।










