१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टो कारोबार र ठगीमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले क्रिप्टो कारोबार तथा ठगीमा संलग्न आरोपमा ५२ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएको पाइएको छ । ‘मेटो’ नामको एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरिएको छ । आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।