१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडबारे माओवादीले भन्योः यो सुनियोजित षड्यन्त्र हो, सभामुखले जिम्मा लिनुपर्छ



अ+ अ-

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कुलिङ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै पार्टीले नैतिकताको हिसावले संसदको नेतृत्व (सभामुख देवराज घिमिरे) ले यसको जिम्मेवारी लिनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुलिङ पिरियड समितिमा भएको सहमतिअनुसार सदनमा जान नसेकेको बताउनु भयो । यस घटनाले सिंगो सदन, संसदीय समिति र सांसदहरुको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको बताउनु भयो । यो गम्भीर राजनीतिक, संवैधानिक, कानूनी र नैतिक प्रश्न भएको बताउनु भयो । यसले सार्वभौम संसदको आत्मामाथि प्रहार गरेको र संसदमाथिको धोका, मानमर्दन भएको बताउनु भयो । सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरित गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्य मान्यतालाई ठाडो चुनौति समेत दिएका माओवादीको ठहर छ । यो एकाध व्यक्तिहरुको मात्रै दुःशासह नभइ सुनियोजित तरिकाले गरिएको धृष्टता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुलिङ पिरियडसम्बन्धी जे सहमति भएको थियो । सदनमा प्रश्तुत पारित हुँदा फरक गरिएको छ । समितिमा पारित भइसकेको विषय सदनमा कसरी फरक बनाएर लगियो । परस्पर विरोधी प्रावधान कसले थप्यो । यस्ता अनेकन गम्भीर प्रश्न उठेका छन् । यस जालसाझीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति, सांसदहरुको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको छ । यो गम्भीर राजनीतिक, संवैधानिक, कानूनी, संवैधानिक र नैतिक प्रश्न हो । यसले सार्वभौम संसदको आत्मामाथि प्रहार गरेको छ । संसदमाथिको धोका, मानमर्दन भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पु¥याएको छ । सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरित गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्य मान्यतालाई ठाडो चुनौति समेत दिएको छ । विधेयक कार्यसूचिदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुःशाहस होइन । यो नै सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्वले समेत लिनुपर्छ ।’

प्रवक्ता सापकोटाले यस प्रकारको गम्भीर अपराधको यथासक्य छिटो छानविन गरी सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न माग गर्नुभयो । विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग भएको सहमतिअनुसार पारित गर्न माग गरेको छ ।