१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

यूएईबाट ९४ जना गर्भवतीसहित १४८ नेपाली कामदार बोकेर नेपाल एयरलाइन्स उड्यो

यूएईबाट ९४ जना गर्भवतीसहित १४८ नेपाली कामदार बोकेर नेपाल एयरलाइन्स उड्यो
अ अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)बाट एकसय ४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको उडान शुक्रबार बिहान उडेको छ । जसमा एक सय एक जना महिला  र ४७ जना पुरुष छन् । जसमा ९४ जना महिला गर्भवती छन् ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ ले स्थानीय समय ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलको लागि उडेको हो । यूएईबाट अलपत्र नेपालीलाई फिर्ता पठाएको यो दोश्रो पटक हो । यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो ।

यो उडानमा नेपाली दूतावासले प्राथमिकताको सूचीमा राखेको नेपाली कामदार रहेका छन् । उनीहरु आफैले टिकटको प्रबन्ध मिलाएको हो । रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैले टिकटको व्यवस्था गरिएको छ ।

स्वदेश फिर्नुअघि विमानस्थलमै कोरोनाको परीक्षण गरिएको थियो । स्वदेश फिर्न उत्साहित भएका उनीहरु ५ घण्टा अगाडि नै विमानस्थल पुगेका थिए । चार वर्षदेखि युएईमा कार्यरत झापाका सुवास संग्रौलाले साढे चार महिने गर्भवती श्रीमती लिएर स्वदेश फिर्ने अवसर पाएको बताए । ‘कम्पनीले लामो बिदा दिएकोले स्वदेश फिर्न लागेको हो’, उनले भने । कान्तिपुर दैनिक