१२ श्रावण २०८३, मंगलवार
,
Latest
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा साइबर अपराधका उजुरी बढे



अ+ अ-

बाँके। जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१÷८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् ।

दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन् । आव २०८०÷८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको छ ।

आव २०७९÷८० मा एक सय छ, आव २०७८÷७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ ।

साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ । रासस