१२ श्रावण २०८३, मंगलवार
,
Latest
भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीले गरेका काम प्रशंसनीय छ : सचिव अर्याल



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले स्थापनाको छोटो समयमा सशस्त्र प्रहरी बल नेपालले गरेका हरेक क्रियाकलापहरू प्रशंसनीय रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २४औँ वार्षिकोत्सव विशेष कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै सचिव अर्यालले सशस्त्र प्रहरी महिला सङ्घले गरेका हरेक सामाजिक कार्यमासमेत आफू र मन्त्रालयको साथ र सहयोग सदैव रहिरहने प्रतिक्रिया पनि दिनुभयो ।

सशस्त्र प्रहरी महिला सङ्घले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सचिव अर्यालले कुनै पनि सामाजिक कार्य एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने हुँदा यस्ता कार्यमा सबैको साथ र सहयोग उत्तिकै रहनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव अर्यालले सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशका विभिन्न ठाउँमा गरेका हरेक गतिविधि महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने सशस्त्र प्रहरी परिवार महिला सङ्घले गर्दै आएका सामाजिक कार्यलाई निरन्तर दिने उल्लेख गर्दै यस्ता कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सङ्घसंस्था तथा परोपकारी व्यक्तिबाट समन्वय र सहकार्य सदैव रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घले वार्षिकोत्वको अवसर पारेर कर्तव्यपालनको सिलसिलमा गत जेठ २२ गते सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी नदीमा दिवङ्गत भएका स्व सशस्त्र प्रहरी जवान हरदेव राजवंशीकी छोरीलाई छात्रवृृत्तिस्वरूप १२ कक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको जानकारी गराइएको थियो । रासस