४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमै उद्यम सुरु गरेका सुर्खेतका ढकाललाई संघीय सरकारद्वारा ७५ हजारसहित सम्मान



अ+ अ-

सुर्खेत। वैदेशिक रोजगारबाट फर्किएर नेपालमै व्यवसाय सञ्चालन गर्दै आएका सुर्खेतका लक्ष्मीप्रसाद ढकाललाई संघीय सरकारले राष्ट्रिय सम्मान प्रदान गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्री सरदसिंह भण्डारीले उनलाई नगदसहितको पुरस्कार प्रदान गर्दै सम्मानित गरेका हुन्।

मन्त्रालयले विदेशबाट फर्किएर स्वदेशमा उद्यमशीलता विकासमा योगदान पुर्‍याउने व्यक्तिहरूको पहिचान गर्दै उनीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो। यसै क्रममा ढकाललाई उत्कृष्ट उद्यमीका रूपमा चयन गरिएको हो।

ढकाल सुर्खेतमा सञ्चालित देउती होजियारी उद्योग र ऐन ट्रेडिङ सेन्टर प्रा.लि.का सञ्चालक हुन्। उनले नेपालमै स्वरोजगार सिर्जना गर्दै अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

उक्त सम्मानसहित ढकालले नगद ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। मन्त्रालयले यो पुरस्कारका लागि देशभरबाट आवेदन आह्वान गरेको थियो, जसमा ७२ जना आवेदक सहभागी भएका थिए। छनोट प्रक्रियाका विभिन्न चरण पार गर्दै कर्णाली प्रदेशबाट ढकाल अन्तिम सूचीमा पर्न सफल भएका हुन्।

सरकारको यो पहलले विदेश जानु नै एकमात्र विकल्प होइन, स्वदेशमै सिर्जनशील सोच र मेहनतबाट आत्मनिर्भर बन्न सकिने स्पष्ट सन्देश दिएको छ।