२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने

कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही हुनुपर्छः महामन्त्री शर्मा

कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही हुनुपर्छः महामन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको बताउनु भयो । समितिबाट एउटा कुरा पारित हुने र संसदमा पुग्दा अर्को हुने कुरा संसदीय इतिहासमै पहिलो पटक भएको बताउनु भयो । यो विषय अक्षम्य रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘हामीले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय हो । कुलिङ पिरियड दुई वर्षको राख्ने विषय । कुलिङ पिरियड राख्ने भनेर सर्वसम्मतिले पारित गरिसकेको विषय राज्य व्यवस्था तथा सुशासन समितिको डकुमेण्टले त्यही बोल्छ । तर प्रतिनिधि सभामा पुगेर पास गर्दा बीचमा तोडमोड भएको सबैभन्दा हट डिभेड भएको विषयलाई नै  उल्ट्याइएको फरक ढंगले प्रश्तुत गरिएको विषय अत्यन्त गम्भीर छ ।

नेपालको संसदीय अभ्यासमा हेर्दा २०४६ पछि हेर्दा समितिबाट एउटा कुरा पारित हुने र संसदमा पुग्दा अर्को हुने पहिलो पटक हो । यो गम्भीर छ । यो अक्षम्य गल्तीको छानविन गरेर दोषीलाई कारबाही नै गर्नुपर्छ । प्रतिनिधि सभाको सभामुखज्युले यसबारेमा गम्भीरतापूर्वक छानविन गराएर जो दोषी हुनुहुन्छ, कारबाही गर्नुपर्छ । राष्ट्रिय सभाले सच्याउनुपर्छ, सच्याउनसक्छ ।’

महामन्त्री शर्माले कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बतउनु भयो ।