६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिव एकनारायण अर्याल अनुगमनमाः भन्छन्–समस्या फिल्डमा देखियो



अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गर्नुभएको छ ।

मंगलवार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गर्नुभएको हो । उक्त निकायहरुमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिनुभयो । अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताउनु भयो । अहिले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन त्यसलाई सरकारले एकीकृत गर्न लागेको अर्यालले बताउनु भयो ।

उहाँले भन्नुभयो–‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो । अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौं ।  यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थीत गर्दैछौं । अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ, अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो । अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो ।’

मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वयता नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुख पाएको बताउनु भयो । उहाँकाअनुसार तीनतहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको छ । मंगलवारको अनुगमनका क्रममा देखिएका केही समस्यालाई तत्काल समाधान गर्नका लागि टेलिफोनबाट निर्देशन दिइएको उहाँले बताउनु भयो । सिस्टम सुधार गर्ने विषयमा आगामी वर्ष गर्नुपर्ने काम पनि अघि बढाइने उहाँको भनाई छ ।