१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको बताउनु भयो । उहाँले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताउनु भयो । काठमाडौं उपत्यकाभित्र कुनैपनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी कहाँ विपद्को जोखिम उच्च रहन्छ । अहिले हामी मनसुनको प्रारम्भिक चरणमा छौँ । मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको छ । हाम्रो विगतको हाम्रा विगतका अनुभवले पनि के देखाएको छ भने धेरै ठूलो क्षतिबाट नागरिकको, सम्पतीको सुरक्षा गर्न हामी तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । आज जुन एमओयु गरिएको छ, यसले महत्वपूर्ण काम भएको छ । काठमाडौं उपत्यकाभित्र कुनैपनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको सेवा गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्नेकुरा गर्नुभएको छ, यो अत्यन्त महत्वपूर्ण काम भएको छ । तपाईंहरुले ठूलो सार्वजनिक दायित्व निर्वाह गर्ने काम गर्नुभएको छ ।’

सरकार र वायु सेवा सञ्चालक संघबीच काठमाडौं उपत्यकामा विपद्जन्य जोखिम उत्पन्न भए निःशुल्क उद्धार गर्ने सम्झौता भएको हो । उपत्यका बाहिर भने वायुसेवा सञ्चालकहरुले आवश्यक परेको खण्डमा अपरेशन कस्ट लिएर उद्धार गर्ने समझदारी भएको छ । खोज र उद्धारमा संलग्न हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई गृह मन्त्रालयले व्यवस्थापन गर्ने बताउनु भयो ।