२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भुटानलाई २९८ रनले हरायो



अ+ अ-

काठमाडौँ । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ ।

नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपाल २९८ रनले विजयी भएको हो ।

भुटानले नवौं विकेट गुमाएपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकियो ।

भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए भने उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र खर्चेर ४ विकेट लिए ।

यस्तै, सचिन भट्टले ८ ओभरमा ५ मेडनसहित १५ रन दिएर २ विकेट लिए भने सुयोग भट्टराईले पनि २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल बनाएको थियो । प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको पारी खेले । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू–१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

यस्तै, जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन जोडे । सुगम बुढाथोकीले ३५ रन बनाए ।

भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालले ४ खेलमा ८ अंक जोडेको छ भने सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक बटुलेको छ । दुवै टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपालले अब सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।