५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिना र समिक्षाले भेटे गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।

पछिल्ला दिनहरुमा आफूहरुविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरुविरुद्ध सामाजिक सञ्जालमा त्यस्ता व्यक्तिहरुको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान चलाइरहेका गायिकाद्वयले गृहमन्त्रीसँग भेट गरेका हुन् ।

गायिका चौहानले आत्म–सम्मानको रक्षा गर्न बाध्य भई कानुनी प्रक्रिया अघि बढाएको भन्दै यो कुनै रिस वा घृणाले नभई आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम भएको बताएकी छन् ।

अभद्र कमेन्ट, म्यासेज गर्नेहरु आफ्ना फ्यान नभई उनीहरु मन दुखाउन चाहने मात्र रहेको एलिनाको भनाई छ ।

उनले गृहमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्– ‘जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म–सम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।’

हिजोमात्रै एलिनाले आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरुविरुद्ध साइबर ब्यूरो पुगेर जाहेरी दिएकी थिइन् ।