२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने

माधवकुमार नेपालप्रति सूर्य थापाको टिप्पणी– भ्रष्टाचारको मुद्दा लागेपछि पदमा टाँसिरहनु नैतिकहराम

माधवकुमार नेपालप्रति सूर्य थापाको टिप्पणी– भ्रष्टाचारको मुद्दा लागेपछि पदमा टाँसिरहनु नैतिकहराम
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति तिखो टिप्पणी गरेका छन् ।

सांसद थापाले आज सामाजिक सञ्जालमार्फत् माधवकुमार नेपालले भ्रष्टाचार मुद्दा लाग्दा पनि नैतिकता नदेखाएको बताएका हुन् ।

उनले माधवकुमार नेपाल रिसको माखेसाङ्गोमा नराम्रो परेको पनि बताएका छन् ।

सांसद थापाले सामाजिक सञ्जालमा के लेखेका छन् ?

फरकफरक समय र ठाउँको नैतिकता 
नेकपा (एमाले) को महासचिव हुँदा २०६४ को चुनावमा दुई ठाउँबाट पराजित माधवकुमार नेपालको नैतिकताको खाँडो एकाएक जाग्यो र राजिनामा दिनुभएको थियो। जबकि त्यतिबेला उहाँले राजिनामा दिन जरूरी थिएन। धेरै नेता,कार्यकर्ता र हामीले उहाँलाई राजिनामा दिनु गलत गर्नुभयो भनेकै थियौं।

उहाँले आफ्नो सिंगो जीवन लगाएर निर्माण गरेको पार्टी फुटाउने अपराध गर्नुहोला भन्ने मैले कल्पना पनि गरेको थिइनँ। तर व्यक्तिगत मान, सम्मान र अपमानको दुहाई दिएर पुष्पकमल दाहालको भाउँतामा लाग्दै पार्टी फुटाउने ऐतिहासिक भूल गर्दै कलंकको टीका लगाउनुभयो। उहाँ भ्रष्टाचारको मुद्दामा डामिएर धरौटीमा तारिख धाउने दिन आउला भन्ने पनि मैले सोच्नसम्म नसकेको विषय थियो। यसमा पनि उहाँ पहिलो प्रधानमन्त्री बन्ने कीर्तिमान कायम गर्न पो पुग्नुभयो। ललिता निवास, धोवीखोला, इटहरी, विराटनगर र काभ्रे९पतञ्जलि०का जग्गा प्रकरण एकपछि

अर्को गरी सार्वजनिक भइरहेका छन्, किन र कसरी यस्तो भएको होरु उहाँलाई नै थाहा होला।

रिसले आफू खा, बुद्धिले शत्रु खाू भन्छन्। उहाँ खासमा आफ्नो रिसको माखेसाङ्लोमा नराम्ररी पर्नुभएको छ।

राजनीतिमा सधै एक ठाउँमा नहुन पनि सकिन्छ। उहाँलाई विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति बन्नुहुँदा पार्टी अध्यक्षले राष्ट्रपति बन्न भन्नुभएकै थियो, तर उमेर छ मेरो भनेर अस्वीकार गर्नुभयो। पछि रामचन्द्र पौडेललाई नभएर एमालेले उहाँलाई राष्ट्रपति बन्न भन्यो र मा।किसान श्रेष्ठको निवासमा अध्यक्ष केपी शर्मा ओलीले भेटेर पनि प्रस्ताव राख्नुभयो। तर उहाँ बालुवाटार पुगेर ूम केपीको षडयन्त्रको जालमा नपरी आएूँ भनेर रामचन्द्रकै लागि बनबास लाग्ने घोषणा गर्न पुग्नुभयो। उहाँले एमालेले सहमति गरेपनि म लगायतका सांसदहरूले भोटै नदिएर हराउने आशंका आफ्ना विश्वासपात्रहरूमाझ बहानाबाजीको लागि राख्नुभएको भन्ने सुनेपछि मैले उहाँका अत्यन्त निकट एकजना केन्द्रीय सदस्यलाई बोलाएरै भेटी ढुक्क हुनको लागि सन्देश पनि पठाएको थिएँ। किनभने, म रामचन्द्र पौडेल नभएर वाम राष्ट्रपति हुनुपर्छ भन्ने मान्यतामा थिएँ।हामीजस्ता व्यक्तिको मान्यताविपरित उहाँ विपरीत दिशामा उभिनुभयो।

आज उहाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। जब अख्तियारले सार्वजनिक लेखा समितिको सिफारिस र लामो अनुसन्धानपछि मुद्दा नै दायर गरिसक्यो, उहाँले आफ्नो पार्टी र दलको नेतृत्वमा नरहेको घोषणाका साथ कथं अदालतबाट सफाई पाएँ भनें पुनस् नेतृत्वमा फिर्ता हुँला भनेर भन्नुहोला भन्ने लागेको थियो। तर आफ्नै स्थायी कमिटी सदस्यले ूसिनोू बोकेर हुन्न भनिसक्दा पनि नैतिकताको सामान्य अनुभूति गरेर मुद्दा खेपिरहेका बखत दल र पार्टीको नेतृत्व छाड्ने घोषणा गर्न अनिच्छुक देखिनु भनेको एउटा भयानक स्खलन र पतन नै हो। पार्टीभित्रबाट राजिनामा दिन बोल्नेर लेख्नेहरूको मुख बन्द गर्नर थुन्न महासचिव घनश्याम९म्बचप द्यबिअप० ले सर्कुलर नै जारी गर्नुभएको रमिता पनि भानुभक्त आचार्यको यसै अलकापुरी कान्तिपुरी नगरीमा पो देख्नुपरेको छ।

अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पनि पदमा टाँसिरहनु नैतिकहराम कार्य हो। यो अरूलाई सिकाउने र आफूले चाहिँ मनपरी गर्ने द्धेधचरित्रको प्रदर्शन पनि हो। जीवनको उत्तरार्धमा आइपुग्दा कस्तो देखिनेरसुनिने र लेखिने उहाँलगायत सम्बन्धित व्यक्तिहरूले नै स्वघोषणा गर्नु उचित हुन्छ होला। पार्टी फुटाएर बनाएको सानो टुक्राको मुखिया भइरहनेररहिरहने पदलोलुपताले नैतिकताको यसरी हुर्मत लिएको दृश्यरपरिदृश्य भने ज्यादै अशोभनीय र मजाकपूर्ण भएको छ।