काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
साइबर अपराध गरेको आरोपमा उनीमाथि नेपाल प्रहरीको साइबर ब्यूरोले मुद्दा दायर गरेको हो ।
उनीमाथि युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोप छ । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो ।
तर, उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि उनी पक्राउ परेका थिएनन् । पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।










