२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, होटल तथा पर्यटन शून्य दशमलव ०३, जलविद्युत् शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै एक दशमलव ६३ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ३८, विकास बैङ्क शून्य दशमलव ७२, लगानी शून्य दशमलव ०२, जीवन बिमा शून्य दशमलव ८२, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ६१ र व्यापार समूह शून्य दशमलव ७२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहास ऊर्जा लिमिटेडको रु ३६ करोड ५३ लाख ९८ हजार ४८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड सात लाख १५ हजार ९३९ कित्ता खरिदबिक्री भएको छ ।