२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गालीगलौज गर्नेहरुविरुद्ध एलिना साइबर ब्यूरोमा



अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहान साइबर ब्यूरो पुगेकी छन् ।

आफूविरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरुविरुद्ध जाहेरी दिन उनी साइबर ब्यूरो पुगेकी हुन् ।

चौहानसँगै गायिका समीक्षा अधिकारीले पनि केही दिनदेखि सामाजिक सञ्जालमा त्यस्ता व्यक्तिहरुको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् ।

एलिनाले १० दिनको ब्रेक लिएरै आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, नीजि जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई सञ्जालमा अभियान चलाएको बताउँछिन् ।

यो बीचमा भएका कार्यक्रमहरुलाई पोस्टपोन्ड समेत गर्नुपर्यो । अब कानुनी प्रक्रिया र सञ्जालको अभियान सँगसँगै अगाडि बढाउने उनको तयारी छ ।