२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन



पोखरा महानगरपालिका ३२ तल्लो गगनगौडामा रोप्नका लागि तयार गरेको खेत र उड्दै गरेका बकुल्ला । तस्बिर : वासुदेव पौडेल / रासस
अ+ अ-

गण्डकी । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो ।

वर्षा कम हुँदा र पानीका मूल नफुटेका कारण अपेक्षित रुपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताउनुभयो । “असार १५ सम्मको अवस्था हेर्दा गत वर्षको तुलनामा कम रोपाइँ भएको देखिन्छ”, उहाँले भन्नुभयो, “बाह्ैमास सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसकेको छ, आकाशे पानीमा निर्भर हुनुपर्ने ठाउँमा अपेक्षित रुपमा वर्षा नहुँदा रोपाइँ ढिलो भइरहेको छ ।” वर्षाले साथ दिएमा असार अन्त्यसम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उहाँको भनाइ छ ।

मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९/८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धानखेती गरिएको थियो ।

यसले पछिल्लो समय धानखेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरण जस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चदैँ गएको हो ।

क्षेत्रफल घटेपछि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताउनुभयो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको निर्देशनालयले जनाएको छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । गोरखाको छेपेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ ।