५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा ‘साम्बा’



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ले पाएकी छन् ।

नियमित कप्तान अन्जिला तुम्बाम सुब्बालाई उक्त जिम्मेवारीबाट हटाउँदै सावित्रालाई सो जिम्मेवारी दिएको हो ।

उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा आइतबार लाओससँग प्रतिस्पर्धा गर्नुअघि एन्जिलालाई उक्त जिम्मेवारीबाट हटाउँदै साम्बालाई सुम्पिएको हो ।

यस्तै, नेपालको गोल पोस्टको जिम्मेवारी पनि अन्जना राना मगरले पाएकी छन् । यसअघि एन्जिला नै नेपालको नियमित कप्तान तथा गोलकिपर थिइन् ।

नेपाल र लाओसबीचको खेल जारी छ ।