१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलको आरोप: नक्कली भुटानी शरणार्थी र भिजिट भिसा प्रकरणका आरोपीलाई जोगाउन खोजियो



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आज असार १५ धान दिबसमा आयोजित कार्यक्रममा बोल्दै थापाले तर यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य तुल्याउने समेत स्पष्ट पारे ।

थापाले  भन्न लाई नेपाललाई कृषि प्रधान देश भनिन्छ आज धान रोप्ने दिनको आधा समय बिति सक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाउने बिडम्बनापुर्ण अबस्था रहेको बताए । किसान, मजदुर ,युबाहरुको पक्षमा सरकारले कुनै आशालाग्दो काम गर्न नसकेको तर भ्रष्टाचार र ब्रम्हलुटमा सरकार लिप्त भएको थापाको भनाई थियो । जनताको सशक्त दबाबमा गिरिबन्धु टी स्टेट जग्गा काण्ड, वाइडबडी जहाज काण्ड, ओम्नि र यति काण्ड, माओवादी नक्कली लडाकु घोटाला लगायतका सबै भ्रष्टाचारका फाइलहरू खोलिने र दोषीले उन्मुक्ति नपाउने समेत उनले दाबी गरे ।

२०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई कुनै पनि हालतमा मत नदिने मनस्थिति बनाइसकेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए । राप्रपा नेपालले आफ्नो एजेन्डाका बारेमा जनतालाई राम्रोसँग बोध गराई विकल्पका रुपमा प्रस्तुत गर्न सक्नुपर्ने आबश्यकता रहेको बिचार ब्यक्त गरे ।

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरु डाक्टर बिष्णु भण्डारी , तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार , किसान संगठनका अध्यक्ष डम्बर प्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्याय लगायतले बोलेका थिए ।