२५ भाद्र २०८३, बिहीबार
,
Latest
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि



अ+ अ-

काठमाडौँ । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् ।

म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन् ।

सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन् ।

रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गरिन् । सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए ।

महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे ।

यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा चयन भएकी छन् ।

रसिलाले जितपछि ओभरअलमै जित प्राप्त गर्दा निकै खुशी लागेको बताइन् । उनले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।