१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नागरिकतासम्बन्धी नेकपाले गरेको निर्णय पुनर्विचार गर्न दबाब, जनमतद्वारा आन्दोलनको चेतावनी

नागरिकतासम्बन्धी नेकपाले गरेको निर्णय पुनर्विचार गर्न दबाब, जनमतद्वारा आन्दोलनको चेतावनी
अ अ+ अ-

काठमाडौं । संसद्मा विचाराधीन नागरिकता विधेयकबारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले सत्तारूढ नेकपाको निर्णयप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न माग गरेको हो । नेकपाले शनिबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दल बैठकले नेकपालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । राजपा संसदीय दलका नेता महन्थ ठाकुरले नेकपा निर्णयले सामाजिक र सांस्कृतिक मूल्यमान्यतामा खलल पुग्ने तथा सामाजिक सद्भावमा समेत आघात पुग्ने भएकाले सो निर्णयप्रति आफूहरु दुःखी भएको बताएका छन् ।

‘यस्ता निर्णयले हाम्रो देशको सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा खलल पुग्ने तथा सामाजिक सद्भावमासमेत आघात पुग्ने हुँदा सो निर्णयप्रति हामी दुःखी छौं । साथै यस निर्णयलाई पुनर्विचार गर्न जोडदार माग गर्दछौं,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालमा नागरिकतासम्बन्धी ऐन लागु भएपश्चात् वर्षौंदेखि विवाहको सम्बन्धका आधारमा नागरिकता प्राप्त गर्ने प्रचलित व्यवस्थाविपरीत गरिएको नेकपाको निर्णयले नेपाल–भारतबीच सदियौंदेखि रहेको सामाजिक र सांस्कृतिक तथा विवाहको सम्बन्धलाई आघात पु¥याउने निश्चित रहेको निष्कर्ष राजपाको रहेको छ ।

भारतसँग रोटीबेटीको सम्बन्धलाई ठेस पुर्याउने र यसले देशको करोडौं नागरिकलाई प्रभावित पार्नुका साथै महिला महिलाबीच विभेद समेत हुने हुँदा यस्तो व्यवस्था आफूहरुलाई कदापि स्वीकार्य नहुने ठाकुरले जनाएका छन् । नेकपाको निर्णयअनुसार नागरिकता दिने व्यवस्था भएमा महिलाको आर्थिक, वैयक्तिक उन्नत्ति, सम्पत्ति प्राप्तिलगायतका अधिकार एवं अवसरबाट वञ्चित हुनुपर्ने देखिएकाले सच्याउन माग गरिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपाको निर्णयप्रति कडा आपत्ति जनाएका छन् । नेकपाको निर्णय विवेकहीन, सम्प्रदायिक र विभेदकारी रहेको यादवले जनाएका छन् ।

‘नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्ष पछि मात्र अंगीकृत नागरिकता दिने विवेकहीन, सम्प्रदायिक र विभेदकारी निर्णय गरेको छ । नागरिकता प्राप्ति गर्ने प्रक्रियामा पुरुष र महिला अर्थात् बुहारी र ज्वाइँबीच असमानता र विभेद हुनुहुन्न,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन् ।

जनमतद्वारा आन्दोलनको चेतावनी
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अहिलेको वर्तमान नागरिकता व्यवस्थामा परिवर्तन हुने गरी सात वर्षपछि नागरिकता दिने व्यवस्था गरिए सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता चन्दनकुमार सिंहले कोरोना भाइरसको महामारीले लकडाउन रहेको मौका छोपेर नेपाल सरकारले आन्दोलनका उपलब्धि तथा जनताको अधिकार खोस्ने षड्यन्त्र गरे सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

‘दशकौंदेखि समान अधिकारका लागि भएका आन्दोलन तथा २०६३÷६४ सालमा भएको मधेस आन्दोलनको जगमाथि स्थापित नागरिकतासम्बन्धी अधिकारलाई खोस्ने र मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकसहितका उत्पीडित वर्गलाई अनागरिक बनाउनेतिर लक्षित रहेकाले सो विधेयकको विरोधमा सम्पूर्ण जनता, समाज र राजनीतिक पार्टी एकजुट हुन आह्वान गर्दर्छौं,’ जनमत पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । राजधानी दैनिक