काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई रोष्ट्रमबाटै च्यातेका छन् ।
आज संसद बैठकमा बोल्दै साहले यो विधेयक पारित भयो भने देशमा आगो बल्ने चेतावनी सहित विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै च्यातेर हिँडेका हुन् ।
यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने उनको दाबी छ ।
उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामी मान्दैनौँ । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ ।’










