१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काँटा लगा’ बाट चर्चित अभिनेत्री शेफालीको निधन



अ+ अ-

एजेन्सी । भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । शेफालीको ४२ वर्षको उमेरमा निधन भएको हो ।

उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । शेफालीको हृदयघातका कारण मृत्यु भएको बताइए पनि परिवारले यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।

शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा बस्थिन् । जानकारी अनुसार, राति ११ बजेतिर अचानक उनले छाती दुख्ने गुनासो गरिन् । उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगे, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

‘काँटा लगा गर्ल’ को नामबाट चर्चित भएकी शेफालीले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोंगी’ मा काम गरेकी थिइन् । शेफालीले लोकप्रिय रियालिटी शो बिग बोस १३ मा पनि भाग लिएकी थिइन् ।

यसबाहेक उनले ‘नच बलिये’ लगायत धेरै रियालिटी शोहरूमा भाग लिएकी थिइन्। उनी आफ्नो नृत्यका लागि पनि फ्यानहरूमाझ धेरै लोकप्रिय थिइन् ।