१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

उपत्यकामै घट्यो परीक्षण

उपत्यकामै घट्यो परीक्षण
अ अ+ अ-

काठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ निर्देशिका जारी गरेपछि उपत्यकामा परीक्षणको दायरा घटेको छ । लक्षणबिना कुनै पनि व्यक्तिको परीक्षण नगरिने मापदण्ड उल्लेख गरिएको नयाँ निर्देशिका बनेपछि दायरा घटेको हो । विज्ञहरूले बढीभन्दा बढी परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा राख्दै समुदायमा संक्रमण फैलन दिन नहुने सुझाव दिए पनि त्यो लागू हुन सकेको छैन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि दैनिक एक हजार जना पुगिरहेका हुन्छन् । तर मुस्किलले डेढ सय जनाको मात्रै स्वाब संकलन गर्ने गरिएको अस्पताल निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘परीक्षणका लागि आउने अधिकांश मानिसहरू उपत्यका बाहिरका जिल्लाबाट छिरेका हुन्छन्,’ उनले भने, ‘धेरै त संक्रमण फैलिएको जिल्लाबाट आइरहेका नै छन् तर निर्देशिकाअनुसार हामीले लक्षणबिना परीक्षण गर्ने गरेका छैनौं ।’ उनका अनुसार परीक्षण रिपोर्टबिना घरबेटीले घरमा छिर्न दिएनन्, काममा फर्किन सकिएन भनेर जिद्दी गर्नेलाई अस्पतालले आरडीटी परीक्षण गरेर पठाउने गरेको छ ।

यस्तो अभ्यासले भोलि समुदायमा व्यापक संक्रमण फैलिन सक्ने जोखिम हुने जनस्वास्थ्यविद् डा. समीर दीक्षित बताउँछन् । ‘सरकारसँग धेरै परीक्षण गर्ने क्षमता छैन भने निजी प्रगोगशालालाई जिम्मेवारी दिएर भए पनि दायरा बढाउनैपर्छ,’ उनले भने, ‘उपत्यकामा जहाँसुकैबाट संक्रमित छिरिरहेकाले पछि यही ठाउँ कोरोनाको ठूलो हब हुन सक्छ ।’ उपत्यका जस्तो केन्द्रमा परीक्षणको दायरा खुम्च्याउन नहुने उनको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशैभरिबाट दैनिक दुई हजारदेखि पाँच हजारसम्म स्वाबको नमुना संकलन भएर आउँछ । तर काठमाडौं उपत्यकामा संकलन भएको स्वाबको नमुनाको संख्या न्यून हुने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । ‘दैनिक १२ सयसम्म पीसीआर परीक्षण हुन्छ, त्यसमा उपत्यकाको धेरैमा २ सय जति स्वाब हुन्छ,’ उनले भनिन्,

‘उपत्यकामा परीक्षण बढ्न सकेको छैन ।’ पाटन अस्पतालमा दैनिक ८० देखि एक सय नमुनाको मात्र पीसीआर परीक्षण हुने गरेको छ । आधाभन्दा बढी परीक्षण उपत्यका बाहिरकै व्यक्तिको हुने गरेको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । ‘पछिल्लो समय विदेशबाट फर्किएका नागरिकको पीसीआर परीक्षण बढी भयो,’ उनले भने, ‘अन्य समयमा पनि उपत्यका बाहिरबाट उपचार गर्न आएका बिरामाीको परीक्षण नै बढी हुने गरेको थियो ।’

यसबाहेक शंकास्पद भएर पाटन अस्पताल भर्ना भएका र उपत्यकाकै क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिको परीक्षण हुने गरेको छ । वीर अस्पतालमा पनि उपत्यकाभन्दा बाहिरकै व्यक्तिको परीक्षण धेरै हुने गरेको छ । बाहिरी जिल्लाबाट आएर अस्पतालमा भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने खालका बिरामीको बढी परीक्षण हुने अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । ‘वीरमा आएका बिरामी र नजिकका अस्पतालमा उपचार सेवा लिइरहेका बिरामीको पीसीआर परीक्षण हामी गर्छौं,’ उनले भने, ‘उनीहरूको हिस्ट्री हेर्दा अधिकांश केस बाहिरी जिल्लाकै देखिन्छ ।’

उपत्यकाका संक्रमण नै कम भएकाले परीक्षण न्यून देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको तर्क छ । ‘परीक्षण मात्रै गर्दा राज्यले खर्च धान्न नसक्ने अवस्थामा पुगिन्छ,’ उनले भने, ‘बिरामीको सम्पर्कमा आएका र रोगको लक्षण भएकाको त परीक्षण भएकै छ ।’ देशभर हालसम्म करिब २ लाख पीसीआर परीक्षण भइसकेको उनले जनाए । सर्वससाधारणले परीक्षण बढेन भनेर विरोध गर्नुभन्दा कोभिड–१९ सँग बच्न सावधानी अपनाउनुपर्ने उनले बताए । कान्तिपुर दैनिक