१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

देशभरका ४ हजार ५ सय विद्यालय क्वारेन्टाइनमा प्रयोग

देशभरका ४ हजार ५ सय विद्यालय क्वारेन्टाइनमा प्रयोग
अ अ+ अ-

दुई सातामा देशभर १ हजार ५ सय विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएका छन् । जेठ २१ गते ३ हजार १ सय ९४ विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । दुई सातामा त्यो संख्या बढेर ४ हजार ५ पुगेको छ । सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार दुई सातामा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय १३ पुगेको छ । जेठ २१ गते ९ सय ८१ थियो । असार ५ गतेसम्मको तथ्यांकअनुसार ८ सय ३२ विद्यालय थपिएका छन् । कोरोना संक्रमितको संख्या झन्डै १० हजारको हाराहारीको पुगिसकेको अवस्थामा विद्यालयमा क्वारेन्टाइनको संख्या पनि बढेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठका अनुसार मावि तहको विद्यालयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । ठूला भवन र भौतिक संरचना भएका विद्यालयमा क्वारेन्टाइन राख्ने क्रम बढेको देखिएको छ ।

सरकारले विद्यालय सञ्चालन गर्ने तयारी गरिरहँदा विद्यालयमा क्वारेन्टाइनको संख्या बढ्न थालेपछि तत्काल कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन । शिक्षण संस्था खोल्न नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको एसईई परीक्षा स्थगित गरी अन्तिम मूल्यांकनको अधिकार विद्यालयलाई दिएको छ । कक्षा ११ र १२ को विषयमा हालसम्म निर्णय गर्न सकेको छैन । केन्द्र र सातै प्रदेशको सामाजिक विकास मन्त्रालयको हरेक साता बस्ने बैठकले शिक्षाको पछिल्लो एक साताको विश्लेषण गरी मन्त्रालयलाई जानकारी दिने गरेको छ । असार ५ गतेसम्मको तथ्यांकअनुसार प्रदेश १ मा २ सय २४, २ मा ४ सय ३८, वागमतीमा २ सय ३०, गण्डकीमा ३ सय ८७, प्रदेश ५ मा ८ सय ७२, कर्णालीमा ५ सय ३३ र सुदूरपश्चिम १ हजार ८ सय ३३ विद्यालमा क्वारेन्टाइन बनाइएको छ ।

केन्द्रका उपमहानिर्देशक श्रेष्ठले विद्यालयमा क्वारेन्टाइन राख्ने संख्या बढ्दै गएको बताउनुभयो । दुई हप्ताको तथ्यांकअनुसार प्रत्येक प्रदेशमा हप्तामा दुई दर्जन विद्यालयमा क्वारेन्टाइनको संख्या बढ्दै गएको छ । जेठ २१ गते २ हजार १ सय ९४ विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । उक्त संख्या बढेर जेठ ३० गते ४ हजार ३ सय १५ पुग्यो । पछिल्लो तथ्यांकअनुसार ४ हजार ४ सय ९७ पुगेको छ । अहिलेसम्म करिब ५ हजार नाघेको हुन सक्ने केन्द्रको भनाइ छ । सरकारले लकडाउन खुकुलो गराएसँगै तीन महिनादेखि बन्द विद्यालय खोल्ने तयारी गरेको थियो । तर सबै प्रदेशमा रहेका मावि तहका विद्यालयलाई क्वारेन्टाइन बनाएपछि कहिलेदेखि विद्यालय खुला गर्ने भन्ने समस्या परेको छ । नेपाल समाचारपत्र दैनिक