काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित महामन्त्री डा. मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् ।
आफूलाई पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै उनी सर्वोच्च गएका हुन् । निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने उनको माग छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ ।
रास्वपाबाट महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित भएका ढकालले निर्वाचन आयोगको अभिलेखमा आधिकारिक रुपमा आफू नै महामन्त्री र प्रवक्ता भएकाले त्यसलाई यथावत राख्नु भन्ने माग राखेर अदालतमा गएको बताएका छन् ।
उनले रास्वपा, केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका छन् ।










