२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी र हृदयन्द्र तीन महिनापछि स्वदेश फर्किए



अ+ अ-

काठमाडौंः पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन् ।

नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि हिमानी फर्किएको पुष्टि गरे । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको महाप्रबन्धक केसीले जानकारी दिए ।

हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ । थाइल्यान्डमा बस्दा हिमानीले छोरीहरुसित बनाएको टिकटक भिडियो भाइरल भएको थियो ।