३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो

रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो
अ+ अ-

काठमाडौँ । “राससले मिडिया अभ्यासको इतिहासलाई सङ्ग्रहित गरेर प्रशंसनीय काम गरेको छ”, रासस मिडिया सङ्ग्रहालय अवलोकनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले यहाँ राखिएको आगन्तुक पुस्तिकामा लेख्नुभएको छ । मन्त्री अधिकारीले राससको सम्पत्तिका रुपमा रहेका सञ्चार सामग्री र उपकरणलाई व्यवस्थित गरेकामा रासस परिवारलाई धन्यवादसमेत दिनुभएको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले सङ्ग्रहालय अवलोकनपछि राससको इतिहासलाई सङ्ग्रहित गरेर अत्यन्त राम्रो सुरुआत गरेको उल्लेख गर्नुभएको छ । “राससभित्र रहेको मिडिया सङ्ग्रहालय अवलोकन गर्ने अवसर प्राप्त भयो । अत्यन्त राम्रो सुरुआत भएको छ,” उहाँले भन्नुभयो । नेता रिजालले मिडिया सङ्ग्रहालयलाई अझ समृद्ध बनाउने काममा सफलता प्राप्त होस् र आउने दिन अझ बढी अभिरुचिसहित आउन अभिप्रेरित गर्न सक्नुहोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले पनि राससको पुरानो सामग्रीहरुको अवलोकन गर्दा खुसी लागेको लेख्नुभएको छ । उहाँले भन्नुभयो, “गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदर्शनीमा राखिएका पुरानो सामग्रीहरु हेर्दा प्रविधिको विकासक्रमसँगै निरन्तर रुपमा विकास भएको देख्न सकिन्छ ।”

वरिष्ठ पत्रकार रामरिझन यादवले राससले सञ्चारमाध्यमसँग सम्बन्धित पुराना उपकरणहरुलाई एकै थलोमा सङ्ग्रहित गरेर उदाहरणीय काम गरेको बताउनुभएको छ ।

रासस मिडिया सङ्ग्र्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएको दिनदेखि विज्ञ, सरोकारवाला अवलोकनका लागि आउने क्रम चलिरहेको छ । सभामुख, उपप्रधानमन्त्री, मन्त्री, सांसद, नेपाल सरकारका सचिव, प्रधान सेनापति, विभिन्न दलका नेताहरु, राजदूतहरु, पर्यटन व्यवसायी, विद्यार्थीलगायतले मिडिया सङ्ग्रहालयको अभिरुचिपूर्वक अवलोकन गरेका छन् ।

जनभावना क्याम्पसका उपप्राध्यापक शान्ति तिमल्सिनाले राससले विकास गरेको मिडिया सङ्ग्रहालय मिडियाको विगतदेखि वर्तमानसम्मको प्रगतिका विषयमा जानकारी लिन उपयोगी रहेको बताउनुभयो । उहाँले सङ्ग्रहित सामग्रीको ऐतिहासिक पक्षको सदैव जगेर्ना गर्नेतर्फ सबैको ध्यान जान जरुरी भएको उल्लेख गर्नुभयो । ललितपुरका जनभावना क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई सामाजिक विज्ञान विभागले सङ्ग्रहालय अवलोकन भ्रमण गराएको थियो ।

रत्नराज्यलक्ष्मी क्याम्पस ९आरआर० को स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीहरुले पनि हालै सङ्ग्रहालयको अवलोकन गरेका थिए । राससले विगतलाई जगेर्ना गर्न केन्द्रीय कार्यालयमा ६३ वर्षको इतिहासलाई सङ्ग्रह गरी रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको हो । सङ्ग्र्रहालयको अघिल्लो वर्ष साउन ३२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस मिडिया सङ्ग्रहालयप्रति अवलोकनकर्ताको आकर्षण बढिरहेको र प्रदर्शनी अवलोकन गर्न विशिष्ट व्यक्ति, कूटनीतिक क्षेत्रका जानकार, विद्यार्थी एवं सर्वसाधारणको रुचि बढिरहेको उल्लेख गर्नुभयो ।

मिडिया सङ्ग्रहालयको अवलोकनकर्ता अधिकांशले राससले अतीत जगेर्ना गर्दै नेपाली पत्रकारिताको इतिहास अध्ययन–अनुसन्धान गर्ने नयाँ आयाम थपिएको प्रतिक्रिया दिएका छन् । पत्रकार बालकृष्णप्रसादले नेपालमा पत्रकारिताको एउटा खम्बाका रुपमा रहेको राससको नेपाली पत्रकारिताको क्षेत्रमा अतुलनीय रहेको भन्दै संस्थाले मिडिया सङ्ग्रहालय विकास गरेर आफ्नो इतिहासलाई जोगाएर मिडिया क्षेत्रको इतिहासलाई झन् बुझ्न सबैलाई अवसर प्रदान गरेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले नेपाली मिडियामा प्रयोग र उपयोगबाट विलीन हुँदै गएका सञ्चार उपकरण, विभिन्न महत्वपूर्ण सामग्री र किताबहरु सङ्ग्रहबाट निर्माण गरिएको सङ्ग्रहालयको ऐतिहासिक महत्व रहरिहने विश्वास व्यक्त गर्नुभयो । पत्रकार निमिष झाले नेपालको मिडिया क्षेत्रको जानकारी दिने सङ्ग्रहालयको ऐतिहासिक महत्व रहेको बताउनुभयो ।

यस्तै, पत्रकार महासङ्घ भक्तपुर शाखाका पूर्वअध्यक्ष मणिराज गौतमले रासस सङ्ग्रहालयमा पुराना प्रविधि र उपकरणको साक्षात्कार गर्न पाइने बताउनुभयो ।

राससले स्थापनाको ६३ वर्षे आरोह–अवरोह पार गर्दै समयसापेक्ष सेवालाई छरितो र प्रविधियुक्त बनाउने जमर्को गरिरहेको छ । विसं २०१८ मा काठमाडौँको नयाँसडकको एउटा कोठाबाट सुरुआत भएको रासस अहिले सुविधायुक्त भवनबाट सञ्चालन भइरहेको छ । राससले आफ्नो सेवालाई क्रमश: विविधीकरण गरिरहेको छ । नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी र अन्तरराष्ट्रिय समाचार, फिचर, आलेख, विचार, फोटो, भिडियो, अडियो सेवा हुँदै विक्रम संवत् २०८० माघदेखि अवधि भाषामार्फत मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ ।

राससको सङ्ग्रहालयमा विभिन्न ५० भन्दा बढी प्रकारका सामग्री राखिएका छन् । रेडियो, टेलिभिजन, टेलिप्रिन्ट, राससका प्रकाशन सामग्री, पुराना माइकलगायत छन् । रासस स्थापनाको ६३ वर्ष पुगेका अवसरमा प्रयोग गरिएका प्रविधि, उपकरण, सामग्री, समाचारको इतिहास र प्रकाशन सङ्ग्र्रहालयमा उपलब्ध छ  । यी सामग्रीले राससको इतिहास र विकासक्रमलाई बुझ्न सहज हुने विश्वास लिइएको छ ।

आमसञ्चारको विकासक्रम र इतिहास देखाउने उद्देश्यले राससले मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको हो । यस प्रकारको सङ्ग्रहालय नेपालमै सम्भवत: पहिलो हो । सामान्यता ‘गुगल सर्च’ गरेर समाचारको इतिहास खोज्ने पुस्ताका लागि राससले सञ्चालनमा ल्याएको सङ्ग्रहालय अध्ययन सामग्री बन्न सक्ने देखिन्छ । रासस