• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही

सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छः महामन्त्री शर्मा



फुङ्लिङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाज रुपान्तर नभएसम्म देश विकास सम्भव नभएकाले शिक्षा स्वास्थ्यमा लगानी गर्नुपर्ने उहाँको तर्क थियो ।

समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताउनुभयो । विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानीजस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, “राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ । पाथिभराको काखमा जन्म लिएका हौँ ।