१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

साउनभित्र नै कोरोना नियन्त्रणमा आउने दाबी

साउनभित्र नै कोरोना नियन्त्रणमा आउने दाबी
अ अ+ अ-

विराटनगर । नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो । सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म विदेशबाट आइ क्वारेन्टाइनमा रहेका मानिसमा मात्र भाइरसको सङ्क्रमण फेला परेको उनको भनाइ छ ।

वैशाख ५ गते पहिलोपटक उदयपुरस्थित त्रियुगा नगरपालिका–३ को झुल्केमा सङ्क्रमण देखिएको यस प्रदेशमा हालसम्म कुल ४६४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्ये २४५ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् २०३ जना उपचारको क्रममा रहेका छन् । जसमध्ये विराटनगर स्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २३ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्रमा ९८, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८२ जना रहेका छन् भने सो अन्य १६ जनाको उपचारको व्यवस्थापनको कार्य भइरहेको प्रदेश १ को सामाजिकविकास मन्त्रालयका प्रवक्ता सुरेश मेहताले बताए । जिल्लागत तथ्याङ्कका आधारमा हालसम्म प्रदेशभित्रको झापा जिल्लामा सबैभन्दा १८८ जना सङ्क्रमित फेला परेका छन् । जसमध्ये हालसम्ममा १३० जना उपचार पछि घर फर्किएका छन् । त्यस्तै मोरङका कुल १२७ सङ्क्रमितमध्ये २१ जना, सुनसरीमा कुल ६६ सङ्क्रमितमध्ये ३० जना र उदयपुरमा कुल ५२ सङ्क्रमितमध्ये ३८ जना दुई पटक गरिएको परीक्षणमा लगातार नेगेटिभ परिणाम देखिएपछि घर फर्किएका छन् ।

त्यस्तै धनकुटा, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुममा क्रमशः आठ, चार, एक, दुई र दुई जना सङ्क्रमित देखिएकामा शतप्रतिशत सङ्क्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । त्यसबाहेक भोजपुरमा छ जना सङ्क्रमितमध्ये पाँच जना र पाँचथर दुईमध्ये एक ताप्लेजुङमा चारमध्ये तीन जना सङ्क्रमित उपचार पछि घर फर्किएका छन् । इलाममा देखिएका दुई जनाको उपचार भइरहेको छ । ओखलढुङ्गामा सोमबार पहिलो पटक एक व्यक्तिमा सङ्क्रमण देखिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरूको परीक्षणका लागि नमुना सङ्कलन गरिएकोमा अब परीक्षणको दायरा बढाएर समुदायस्तरसम्म पुर्याउने तयारी भइरहेको सामाजिक विकासमन्त्री घिमिरेले जानकारी दिए । उनको अनुसार क्वारेन्टाइनमा नेगेटिभ देखिएर घर फर्किएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू, महामारी नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मीको पनि परीक्षणका लागि नमुना सङ्कलन गरिने छ ।

क्वारेन्टाइनमा शतप्रतिशत परीक्षण
सङ्घीय सरकारले क्वारेन्टाइनमा रहेका र कोरोना पोजेटिभ देखिएर अस्पतालमा उपचार गराइरहेका व्यक्तिमा १४ दिनपछि पनि कोरोना भाइरसको लक्षण नदेखिएमा बिनापरीक्षण घर पठाउन सकिने भनि निर्देशन गरेको छ । प्रदेश १ सरकारले क्वारेन्टाइनमा रहेका शतप्रतिशत व्यक्तिको परीक्षणका लागि नमुना सङ्कलन गर्नुका साथै परीक्षण पछि उपचार गराइरहेको व्यक्तिमा दुई पटकसम्म लगातार नेगेटिभ देखिएपछि मात्र घर पठाइएको मन्त्री घिमिरेको भनाइ छ । प्रदेश १ मा हालसम्म १९ हजार ५६८ जनाको पीसीआर र १४ हजार १४ जनाको आरडीटी परीक्षण गरिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । अघिल्लो महिनाको तुलनामा भारतलगायत अन्य मुलुकबाट नेपाल भित्रिने मानिसको सङ्ख्यामा कमी आए पनि दक्षिण र पूर्वतर्फ भारतसँगको खुला सीमा प्रदेश १ का लागि प्रमुख चुनौति रहेको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । सीमापारीका भारतीय बजारहरू खुल्दै गएको र दैनिक उपभोग्य वस्तुदेखि कृषिजन्य प्रयोगका लागि मल तथा बीउ बिजन ओसारपसार गर्न दैनिकजसो भारतीय बजार पुग्ने व्यक्तिहरूबाट पुनः सङ्क्रमण फैलिन सक्ने मोरङको रतुवामाई नगरपालिका वडा नं ८ का वडाध्यक्ष गोपी चापागाँई बताउछन् ।

त्यसतर्फ प्रदेश सरकार सचेत रहेको कुरा प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्की बताउछन्। त्यसका लागि सङ्घीय सरकारको समन्वयमा सीमा क्षेत्रको सुरक्षा निगरानी कडा बनाइने र आवश्यक परे सुरक्षा पोष्टहरू पनि थप गरिने उनको भनाइ छ । त्यसबाहेक अगामी दिनमा पनि कोराना नियन्त्रणका लागि व्यापक रूपमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने र विदेशबाट आएकालाई अनिवार्य रूपमा क्वारेन्टाइन राखिने, प्रदेशभित्रका कुल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशत झण्डै ४५ हजार व्यक्तिको परीक्षणका लागि नमुना सङ्कलन गरिने तयारी प्रदेश सरकारको रहेको उहाँले जानकारी दिए। गोरखापत्र दैनिक