३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु



अ+ अ-

चन्द्रपुर । चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो ।

मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिनुभयो । गौरस्थित बिपीचोकबाट चन्द्रपुर–४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ–रिक्सामा लुकाइछिपाई ल्याउँदै गरेको फेनारगन ११० थान, डाइजापाम ४७ थान, बुप्रेनुफिन एक सय १० थान र कोरलेक्स ६३ थानसहित उनलाई पक्राउ गरिएको हो ।